कांग्रेसलाई दुई बुँदामा सहमति जुटाउन सकस
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत प्रस्तावमाथि सहमति नजुटेपछि बुधबारका लागि निर्धारित बैठक चार दिनपछि सारिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भदौ १६ गते बस्ने छ । बैठकका प्रस्तावमाथि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबिच बुढानीलकण्ठस्थित देउवानिवासमा मङ्गलबार छलफल भएको छ ।
कार्यालय अस्थायी, कर्मचारी स्थायी : स्थानीय तहमा सधैँ अभाव
अस्थायी प्रकृतिका कार्यालयमा स्थायी कर्मचारी खटाउँदा स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेको छ । अहिले पनि २४८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तो अवस्थामा समेत सरकारले विभिन्न बोर्ड, परिषद्, समिति, आयोजना तथा कार्यक्रमलगायतका अस्थायी प्रकृतिका निकायमा स्थायी कर्मचारी खटाउँदै आएको छ ।
राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाउँदा...
बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।
‘धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न सकिन्न’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताउनुभएको छ ।
सप्तरीमा झाँकीसहित रथयात्रा
सप्तरी जिल्लाको राजविराजमा मंगलबार झाँकीसहित रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको छ ।
मुकुल ढकाल साधारण सदस्यबाट पनि निष्काशित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ ।
नेपाल हेल्थ समिट आयोजना गर्न आठ सदस्यीय समिति गठन
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्राउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ ।
कास्कीकोटमा खेलियो दहीको होली
कृष्ण जन्माअष्टमीको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा मङ्गलबार दहीको होली खेलिएको छ। भगवान कृष्णको जन्म भएको भोलिपल्ट कास्कीकोट दही जात्रा हुँदै आएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो
बाँकेका आठ वटा स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका पहिलो भएको छ। आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा ८५ अङ्कका साथ प्रथम भएको हो।
वित्तीय संस्थामा आक्रमण गर्ने चारजना पक्राउ
मोरङको कानेपोखरी–२ थारुचौकमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लि. मा आगजनी प्रयास गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको छ।
ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
सुशासनलाई प्राथमिकताका साथ अघि बढाएका छौँ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासनलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । सरकार गठन भएसँगै सुधारका कार्यलाई अघि बढाएको बताउनुभएको हो ।
सम्झौता सकिन १३ दिन बाँकी, काम २० प्रतिशत मात्रै
बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्डको कालेपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ ।
सरकारको प्याकेजमा आशङ्का नगर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आग्रह
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटक भित्राउन सकिने बताउनुभएको छ।
शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै नगरपालिका
१३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ ।
अस्ट्रेलियामा मुँवाथाई खेल्दै गुणराज
नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ प्रस्थान गर्दै हुनुहुन्छ ।
तम्घासमा रोपाइँ जात्रा
गुल्मीको तम्घासमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रोपाइँ जात्राका साथमा विभिन्न प्रहसन देखाइएको छ । आज बिहान श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा तथा लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको हो ।
आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् ।
एसियन जुनियर बक्सिङमा नेपालका चार खेलाडी
एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा अवुधावीमा हुने एसियन जुनियर तथा स्कुल ब्वाईज एण्ड गल्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागी हुने भएका छन् ।
डढेलोको नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छ : मन्त्री ठकुरी
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताउनुभएको छ ।
धान नाचमा रमाउँदै लिम्बू समुदाय
मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन्। लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन्।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश दुवैको दाबी उपाधि
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा बुधबार आयोजक नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।
स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम
स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ ।