• १६ भदौ २०८१, आइतबार

सरकारको प्याकेजमा आशङ्का नगर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई आग्रह

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे ।

काठमाडौँ, भदौ ११ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटक भित्राउन सकिने बताउनुभएको छ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकसँगको छलफलमा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो।मन्त्री पाण्डेले भन्नुभयो, ‘देश आर्थिक लगायतका जटिलतामा ग्रुजिइरहेको छ।यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णयलाई कम आँक्नुहुँदैन ।’  

मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यावसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताउनुभयो।उहाँले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटक भित्राउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व  भित्राउन सक्ने बताउनुभयो। उहाँले सरकारले ल्याएको प्याकेजमा दुई वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिनसमेत अन्तर्राष्ट्रिय  विमान कम्पनीसँग विश्वास दिलाउनुभयो।मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनीतिक रूपमा अघि बढिसकेको समेत बताउनुभयो।


छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकको उपस्थिति थियो।