• ११ वैशाख २०८२, बिहिबार

लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव

blog

नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको युवा उत्सव (युथ सेलिब्रेसन) मा सहभागी हुँदै प्रेस चौतारी नेपाल । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख ११ गते । लोकतन्त्र दिवसका अवसरमा बिहीबर नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेसन)को आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरूका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमाले निकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनिका करिब एक लाख युवा सहभागी हुने राष्ट्रिय बताउनुभयो । कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ता सबै युवा हुने छन् ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरू तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिने भएको छ ।