• १३ भदौ २०८१, बिहिबार

सप्तरीमा झाँकीसहित रथयात्रा

blog

राजविराजमा झाँकीसहित निकालिएको रथयात्रा । तस्विर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, भदौ ११ गते । सप्तरी जिल्लाको राजविराजमा मंगलबार झाँकीसहित रथयात्रा नगरका विभिन्न भागको परिक्रमा गरेको  छ ।  कृष्णजन्माष्मीको अवसरमा कृष्ण महारथयात्रा मूल समारोह समितिद्वारा राजविराजमा रथ यात्रा निकालेको हो । 

राजविराज ९ मलेठ स्थित रहेको कृष्णमन्दिरबाट विभिन्न झाँकीसहित निकालिएको रथयात्रा राजविराज नगरपालिकाको विभिन्न चौक तथा बजार परिक्रमा गरी पुनः सोही ठाउँमा पुगेर समापन गरिएको आयोजक समितिले जनाएको छ । 


मूल समारोह समितिका संयोजक अनिल यादवको नेतृत्व निकालिएको रथयात्रामा राजविराज नगरपालिकाका लिलम्वीत प्रमुख  भिमराज यादव,नगरका प्रवक्ता जय नारायण मण्डल,७ का वडाध्यष सुभाषचन्द्र यादव सहित जनप्रतिनिधिहरु, राजनीति दलका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी , स्थानीय यूवाहरु तथा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता थियो । 

रथयात्रामा सहभागीहरुलाई सप्तरी युथ नेपालसहितका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले ठाउँ–ठाउँमा सर्वत, पानीको व्यवस्था समेत गरेका थिए ।