बाहिर निस्कन थाले घाइते बाघ
पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”
डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ ।
पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु
खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक अवरुद्ध
वर्षासँगै खसेको पहिराका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
झिमरुकमा चट्याङले पाँच घाइते
प्युठानको झिमरुक गाउँपालिका दुई बादिकोटमा कमेरपानीमा सोमबार परेको चट्याङले पाँच जना घाइते भएका छन् ।
मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।
ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा
ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्न यहाँ आउनुभएको छ ।
म्याग्दीमा बस दुर्घटना : चारजना घाइते
म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ ।
चट्याङ लागेर दुई घाइते
बर्षासंगै परेको चट्याङ लागेर अछामको मेल्लेख गाउँपालिकामा बाजे र नाती घाइते भएका छन् । घाइते हुनेमा मेल्लेख गाउँपालिका –५ विन्देवासिनी धामी गाउँका ६२ वर्षीय तुले धामी र उहाँका डेढ वर्षीय नाती गणेश धामी रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
छिमेकी मुलुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकका बिचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुभएको छ ।
सहभागितामै सीमित ओलम्पिकमा पाराले जगाएको आशा
पारालिम्पिक गेम्स भदौ १२ गते बुधबारदेखि पेरिसमा सुरु हुँदैछ । भदौ २३ गतेसम्म सञ्चालन हुने पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोका दुई र पौडीका एक गरी तीन खेलाडीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते १३ जनालाई भैरहवा पठाइयो
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका १३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
नेपाली समाजमा नैतिकता हराउँदै गयो : सभापति देउवा
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
भलिबल कभर्डहल निर्माणका लागि उपसमिति गठन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल खेलको कभर्डहल निर्माण स्थल छनोट तथा तयारीका लागि तीन सदस्य उपसमिति गठन गरेको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध
निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो ।
नेशनल अस्पतालको फोहोर व्यवस्थापन सङ्कलनमा रोक
कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ ।
रेडपाण्डा संरक्षणका लागि टोपी उत्पादन
लोपोन्मुख रेडपाण्डा खोटाङका जङ्गलमा पाइन्छन् । संरक्षणका लागि अहिले कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । संरक्षण कार्यक्रम अन्तर्गत रेडपाण्डाको चित्र अङ्कित ऊनको टोपी उत्पादन सुरु गरिएको छ ।
दश हजारभन्दा बढी कन्याको पूजा
कृष्ण जन्माष्टमीको अवसर पारेर काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको कन्या पूजामा दश हजारभन्दा बढी कन्याहरू पुजिएका छन्।
साफ यु–२० फुटबल : बङ्गलादेश फाइनलमा, नेपालसँग उपाधि भिडन्त
साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मष्टो देवताका मेला (पैठ) सुरु
कालीकोट जिल्लामा मष्टो देवताका पूजा सुरु भएको छ । भदौ लाखेसँगै विभिन्न १२ भाइ मष्टोका पूजा सुरु भएको हो ।
राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ ।
लिभरपुल र चेल्सी विजयी
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले वल्भ्सलाई उसैको मैदानमा ६–२ गोलले हरायो ।
विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक रहेको बताउनुभएको छ । एमाले केन्द्रीय प्रचार विभागको १३ औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।