• १० भदौ २०८१, सोमबार

झिमरुकमा चट्याङले पाँच घाइते

blog

बिमल प्रसाद पोख्रेल

प्यूठान, भदौ १० गते । प्युठानको झिमरुक गाउँपालिका दुई बादिकोटमा कमेरपानीमा सोमबार परेको चट्याङले पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा २० वर्षीय बिपना परियार, १४ वर्षीय सन्ध्या परियार,  ३२ वर्षीय सरस्वता एमसि,  ११ वर्षीय सन्जय जिसी र २१ वर्षीया गिता एमसि रहेको झिमरुक–२ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिदैछ । घाइतेमध्ये  तीन जना सामान्य र दुई जनाको अवस्था गम्भीर भएको पनि पोख्रेलले बताउनुभयो ।