रुसद्वारा युक्रेनमा ड्रोन तथा मिसाइल आक्रमण : तीनको मृत्यु
रुसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ ।
होटलमा युवती मृत फेला
हेटौँडा उपमहानगरपालिका-१० स्थित एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् । हेटौँडा १० बसपार्कस्थित रत्ना होटलमा हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्याङकी एलिसा न्यौपानेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शङ्कर ग्रुपको हिलटन होटलबाट नक्सालवासी फेरि पीडित
निर्माणकै क्रममा नक्सालवासीलाई हैरानी दिएर पटक-पटक विवादमा तानिएको शङ्कर ग्रुपद्वारा निर्माण सम्पन्न भई अन्तर्राष्ट्रिय चेन होटल हिलटन नामबाट हालै सञ्चालनमा ल्याइएको सो होटलबाट फेरि स्थानीयवासीले चर्को पीडा बेहोरेका छन् ।
नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ ।
विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ सार्वजनिक
लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अभूत !”
विद्यालयस्तरीय तिज गीत प्रतियोगिता
नवलपुरमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयस्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर राष्ट्रिय भजन, शंखध्वनि र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको हो ।
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।
नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताउनुभएको छ ।
बागमती नदीले सतर्कता तह पार गर्यो
काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सतर्कता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
श्रीलङ्कामा विदेशी पुँजी भित्र्याउने मार्क्सवादी नेताको घोषणा
श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपाङ्गता भएकालाई सहायता सामग्री
पुतलीबजार नगरपालिका–१ स्याङ्जामा अपाङ्गता भएका २३ जनालाई सहायता सामग्री उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा सामग्री उपलब्ध गराइएको हो ।
वृद्धा मृत फेला
हेटौँडा उपमहानगरपालिका–११, भैरवडाँडामा एक वृद्धा मृत फेला परेका छन् । सोमबार बिहान ९ः४० बजेको समयमा ७१ वर्षीया ठुलीमाया विश्वकर्मा ओछ्यानमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेक खर्कमा पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।
क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी
यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।
‘ब्लु लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लु लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताउनुभएको छ ।
जापानमा शक्तिशाली चक्रवातको चेतावनी
यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।
एमाले प्रचार विभाग बैठक सुरु
सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग बैठक सुरुभएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा सुरुभएको १३ औँ बैठकमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको कार्यसूची प्रस्तुत गर्नुभएको छ ।
ग्रामीण सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती
बाजुराका ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षातका कारण गत असारदेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक लामो समयदेखि मर्मत नहुँदा स्थानीयलाई आउजाउमा सास्ती खेप्नु परेको हो ।
जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दि, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक
नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
बाँध फुटेर बस्ती डुब्ने त्रास
नदी नियन्त्रण गर्न तथा नहर छेउमा बनाइएको बाँध अतिक्रमण गरी बसोबास गरेपछि बाँध फुट्न सक्ने र नजिकैको बस्ती डुब्न सक्ने त्रास बढेको छ ।
पहिलो पटक रात्रि दौडको आयोजना हुँदै
धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।
स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।