• १० भदौ २०८१, सोमबार

नेपाली समाजलाई बिथोल्न सम्भव छैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री केपी शर्मा ओली सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिनुहुँदै। तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ ।

सैनिक मञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि  कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गर्नुभयो ।