• १० भदौ २०८१, सोमबार

एमाले प्रचार विभाग बैठक सुरु

blog

सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १० गते । सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग बैठक सुरुभएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा सुरुभएको १३ औँ बैठकमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको कार्यसूची प्रस्तुत गर्नुभएको छ । 

प्रचार विभाग सदस्य मोहन बास्तोलाका अनुसार बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलको समेत उपस्थिति रहेको छ । बैठकमा विभागका सचिव गगन विष्टले कार्ययोजना प्रस्तुत गर्नु हुनेछ । बैठकमा सदस्यहरूको रिपोर्टिङ चलिरहेको बास्तोलाले जानकारी दिनुभयो । 

प्रचारको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बारेमा सुझाव आइरहेको उहाँको भनाइ छ । प्रचार विभाग बैठकले अहिलेको समसामयिक राजनीतिक विषय तथा पार्टीको गतिविधिलाई चुस्तरुपले प्रकाशन प्रसारणमा आवश्यक मापदण्ड विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।