काठमाडौँ (गोरखापत्र), जेठ २ गते । गायिका लक्ष्मी हमालको नयाँ गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरिएको छ । गीतले पारिवारिक परिवेशभित्रको कथा बोकेको छ ।
आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक म्युजिक भिडियोमा आयुव केसी र गायिका लक्ष्मी स्वयं देखिनुभएको छ । म्युजिक भिडियोको कथा, निर्देशन तथा सम्पादन युवराज खत्रीले गर्नुभएको छ भने छायाङ्कन सुजन श्रेष्ठको रहेको छ । शब्द र सङ्गीत गायिका लक्ष्मीकै छ भने उहाँलाई गायक विमाल स्याङतानले स्वरमा साथ दिनुभएको छ ।