जनार्जन खत्री
सर्लाही, जेठ १ गते । उखु खेतमा मृत भेटिएका सर्लाहीको किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको हत्या भएको परिवारले दाबी गरेको छ । चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द ईश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा मङ्गलबार मृत भेटिनुुभएको थियो ।
मङ्गलबार बिहान स्थानीयले उखु खेतभित्र बेवारिसे पुरुषको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लग्यो ।
बुधबार बिहान मृतकको दाइ अशोक पण्डित कुम्हार अस्पतालमा पुुगेर शवको सनाखत गर्नुभएको हो । अरविन्द वैशाख २४ देखि बेपत्ता हुनुुहुन्थ्यो ।
अरविन्दको ईश्वरपुर नगरपालिका–७, चिरान टोलकी एक महिलासँग प्रेमसम्बन्ध रहेको थियो । तीन सन्तानकी आमासँग भागेर अरविन्द एक महिनाअघि भारतको राजधानी नयाँ दिल्ली पुुगेका थिए ।
अरविन्दका बुवा उपेन्द्र पण्डित कुम्हारसहितले नयाँ दिल्ली पुुगेर अरविन्द र ती महिलालाई आ–आफ्नो घर ल्याएका थिए । त्यसबेला देखि नै महिलाका परिवारले आफ्नो छोरालाई विभिन्न धाकधम्की दिँदै आएका अरविन्दका बुवा उपेन्द्रको भनाइ छ ।
उहाँका अनुसार अरविन्द बेपत्ता भएको केही दिनअघि महिलाका परिवार तथा आफन्त आएर मोबाइल चोरीको आरोप लगाउँदै आफूहरूलाई गालीगलौच गरेको उपेन्द्रको भनाइ छ । वैशाख २४ गते अरविन्द बेपत्ता भएकै दिन ती महिलाका आफन्त आएर छोरालाई धम्क्याएर गएको बुवा उपेन्द्रले बताउनुुभयो ।
अरविन्दको महिलाकै परिवार र आफन्तबाट हत्या भएको बुवा उपेन्द्रको अरोप रहेको छ । उपेन्द्रका अनुसार छोराको हत्या हुनुुअघि महिलाका श्रीमानसहितले बारम्बार फोन गरेर ज्यान लिनेसम्मको धम्की दिएको थिए ।
उपेन्द्रले छोराको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी उदासिन भएको आरोप लगाउनुुभएको छ । “छोराको महिलाकै श्रीमानसहितले हत्या गरेका हुन्, तर प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो देखाएको छैन,” उपेन्द्रले भन्नुुभयो, “घटनाअघि बारम्बार फोन गरेर धम्क्याउने उनीहरू छोराको हत्यापछि मोबाइल अफ गरेर बसेका छन् ।”
अरविन्दका दाइ अशोक पण्डित कुम्हारले पनि भाइको महिलाकै परिवारबाट निर्मम ढङ्गले हत्या भएको दाबी गर्नुभएको छ । अस्पताल पुुगेर भाइको शव हेर्दा टाउको तथा शरीरको गोप्य अङ्गमा चोट देखिएको अशोकले बताउनुुभयो ।
“भाइको दुवै आँखा बाहिर निस्किएको र मुख सबै टेँडो बनाइएको थियो,” अशोकले भन्नुुभयो, “गुप्ताङ्गभरी चोट थियो ।”
मृतक अरविन्दको परिवारले हत्याको दाबीसहित शङ्कास्पद व्यक्तिको नाम इलाका प्रहरी कार्यालय केशरगन्जलाई उपलब्ध गराएको बताएको छ ।
अरविन्दको काजकिरिया गरेपछि प्रहरीमा जाहेरी दिने परिवारको तयारी छ ।
प्रहरीले यो घटनामा शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले मृतकका परिवारले नाम किटान गरेर दिएका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुुभयो ।
यो घटनालाई प्रहरीले गम्भिररूपमा लिएर अनुसन्धान गरिरहेको एसपी खड्काको दाबी छ । प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै अरविन्दको हत्या भएको वा मृत्युको अन्य कारण खुल्ने प्रहरीले बताएको छ । मङ्गलबार बिहान शव भेटिए पनि शवको प्रकृति हेर्दा तीन÷चार दिनअघि नै युवकको मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।