• २ जेठ २०८२, शुक्रबार

झण्डै छ लाख रुपियाँ घुस लिएको आरोपमा इन्जिनियर नियन्त्रणमा

blog

साङ्केतिक चित्र ।

काठमाडौं, जेठ १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना इन्जिनियरलाई सेवाग्राहीबाट झण्डै छ लाख रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ । 

आयोगको टंगालबाट खटिई गएको टोलीले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई नियन्त्रणमा लिएको हो । 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा निज इन्जिनियर सन्तोष कुमार यादवलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपियाँ घुस, रिसवत लिइसकेको अवस्थामा टोलीले नियन्त्रणमा लिएको हो ।

टोलीले यादवलाई सो रकमसहित भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीबाट बिहीबार आज नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जानकारी प्रवक्ता पौडेलले दिनुभयो ।