• १० भदौ २०८१, सोमबार

कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते १३ जनालाई भैरहवा पठाइयो

blog

दुर्घटनामा परेको बस । तस्बिर : नेपाल प्रहरी

नारद कोहार

तौलिहवा (कपिलबस्तु), भदौ १० गते । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका १३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो । 

दुर्घटनामापरी गम्भीर घाइते भएका उहाँहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । 

घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ । 

घाइते हुनेमा कपिलबस्तुको बुद्धभुमि नगरपालिका पत्थरकोट बस्ने ३६ वर्षिय मुम्ताज रंगरेज, दाङको लमही नगरपालिका ५ बस्ने ३९ वर्षिय  शिवा चौधरी, सोही स्थानका ३२ वर्षिय बिनोद योगी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका ११ का ३३ वर्षिय माया काफ्ले रहनु भएको छ । त्यस्तै, दाङको घोरही उपमहानगरपालिका १५ की ६६ वर्षिय लक्ष्मीदेबी अधिकारी घोराही उपमहानगरपालिका १४ की १९ वर्षिय भिमा चलाउनेको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको  छ ।

त्यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका १३ बस्ने ३७ वर्षिय कलबहादुर रोकाय, धादिङ धुनीबशी नगरपालिका २ का ३० वर्षिय सुदिप सकुराल, विरेन्द्रनगर नगरपालिकाका २६ वर्षिय मनोज कडेल,  दैलेखको दुल्लु नगरपालिकाका २४ वर्षिय भिमप्रसाद न्यौपाने रहेका छन् ।

सोहीअनुसार जुम्लाको तिला गाँउपालिका ३ का २६ वर्षिय हर्ष नेपाली, तिला गाउँपालिका.२ का ४३ वर्षिय नन्दलाल बोहोरा र दैलेख चामुन्डा बिन्द्रासैनी ५ का २३ वर्षिय चन्द्रप्रसाद रिजालको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । 

यो पनि पढ्नुहोस

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते