• १० भदौ २०८१, सोमबार

ओमानका विदेशमन्त्री आज काठमाडौँ आउनुहुँदै

blog

ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी ।

काठमाडौँ, भदौ १० गते । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदी सोमबार काठमाडौँ आउँदै हुनुहुन्छ । दुई दिने  नेपाल  भ्रमणका लागि ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौँ आउनु लाग्नुभएको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उहाँ काठमाडौँ आउन लाग्नुभएको हो ।

उहाँले मङ्गलबार परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गर्नुका साथै दुई पक्षीय सम्बन्धको विषयमा छलफल गर्नुहुने छ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटघाट गरी त्यही दिन साँझ उहाँ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।