• ९ भदौ २०८१, आइतबार

घर फर्कंदै गरेका विद्यार्थीको चट्याङ लागेर निधन

blog

राधा लुइटेल 

फिदिम, भदौ ९ गते । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा न+= २ का एक बालकको चट्याङ लागेर निधन भएको छ ।

 आइतबार दिउसो ३ बजे स्थानीय डिल्ली तिम्सिनाका १५ वर्षीय छोरा दर्शन तिम्सिनाको चट्याङले  लागेर निधन भएको हो ।  इन्द्रेणी मा.वि.मा कक्षा ९ मा अध्ययरत तिम्सिना विद्यालयबाट घर फर्कने क्रममा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते हुनुभएको थियो ।  

उपचारका लागि स्वास्थ्य चौकी मौवामा चेकजाँच गराउँदा उहालाई स्वास्थ्यकर्मीले मृृत घोषणा गरेको पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनु भएको छ ।

यसैगरी, चट्याङ लागेर निधन भएका भाइलाइ हेर्न गएका दर्शनका दाजु १९ वर्षीय लाभप्सन तिम्सिना भाइलाई देखे पछि बेहोस हुनुभएको बताइएको छ।

बेहोस  दाजुलाई  स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानमा पठाइएकोे र थप विवरण आउन बाँकी रहेको पाँचथर प्रहरीले जनाएको छ।