विद्यालयस्तरीय टेबलटेनिस गर्दै एनआरटी
काठमाडौँ खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) ले आफ्नो ९०औँ वार्षिक उत्सवको अवसरमा अन्तरविद्यालय स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह
पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।
हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताउनुभएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते
नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राती भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् ।
एमालेको सचिवालय बैठक बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।
विपन्न परिवारको घरमा धारा
नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनुभएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो ।
राष्ट्रियसभा बैठकमा मिटरब्याजपीडितलाई न्याय दिन माग
राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिनुभएको छ ।
पाकिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु
पाकिस्तानको आजाद पाटन शहरनजिक र मकरान सामुद्रिक तटीय राजमार्गमा आइतबार भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
बाँकेका न्यायिक समितिमा नौ सयभन्दा बढी उजुरी दर्ता
बाँकेका आठ वटा पालिकाका न्यायिक समितिमा गत आर्थिक वर्षमा नौ सय ६६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० माभन्दा गत आर्थिक वर्षमा कम उजुरी दर्ता भएका हुन् ।
जिम्मेवारी समयमै पूरा गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री आर्चायको निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने, तर पूरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताउनुभएको छ ।
जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता : सांसद शर्मा
राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गौराले सामाजिक सद्भाव बढाउने विश्वास
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी सडक अवरुद्ध
शनिबार बेलुकादेखि परेको अविरल वर्षा पछिको बाढीले हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक अवरुद्ध हुनुका साथै एउटा गाडी र केही घरहरूमा पनि क्षति पुगेको छ ।
पोखरामा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।
प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘बैङ्किङ कसुरजन्य अपराधको अनुसन्धान, अभियोजन र कारबाहीका लागि नयाँ कानुन आवश्यक’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन ‘बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको बताउनुभएको छ ।
१०६ वर्षका वृद्धको भाँच्चिएको हड्डीकाे सफल शल्यक्रिया
नेशनल अर्थोपेडिक अस्पताल नेपालगन्जमा सल्यान वनगाड कुपिण्डे नगरपालिका–७ साँग्रेका १०६ वर्षीया पदम बहादुर शाहको भाँचिएको हिपको हड्डीको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह
राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
सरकारले लगानीको वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताउनुभएको छ।
६७ जनामा हैजा पुष्टि
हालसम्म ६७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान, मकवानपुर गरी पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको छ ।
आयात वस्तुको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ : अध्यक्ष अग्रवाल
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आइतबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
नेपाली सीप जापानमा प्रचार गर्दै मूर्तिकार मञ्जुल
झण्डै दुई दशकअघि राष्ट्रलाई एक हजार मूर्ति निर्माण गरी उपहार स्वरूप सुम्पने घोषणा गर्नु भएका मोरङ, उर्लाबारी–६ का मूर्तिकार मञ्जुल मितेरीले आफ्नो अभियान १८ वर्षभित्र पूरा गर्न सक्नु भएन । उहाँ अझै थाक्नु भएको छैन ।