• ९ भदौ २०८१, आइतबार

टेलिग्रामका मालिक पावेल फ्रान्समा पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह

blog

पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभ

मस्को, भदौ ९ गते । पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।

अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भए पनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।

दूतावासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।”

“अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ । रासस/एएफपी