• ९ भदौ २०८१, आइतबार

सडक सुव्यवस्थित र सुरक्षित बनाउन सांसद बिसीको आग्रह

blog

नेकपा (एमाले) सांसद सुमित्रा बिसी आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय सभामा नेकपा (एमाले) सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारिता नदेखिएको बताउनुभयो ।

उहाँले ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरबाही गर्दा पनि समयमै काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले सरकारले समयमै सम्पन्न हुन नसकेका आयोजनाहरूबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

सांसद बिसीले भन्नुभयो, ‘‘हामीले यो विकास बजेटका लागि यो असारे बजेट भन्ने गर्दछौँ । जब आर्थिक वर्षको अन्तिम घडी आउँछ । त्यतिबेला हतारमा काम गर्ने र वर्षाको कारणले फेरि त्यही बाढी आएर लैजाने र जनताले खाइ नखाई तिरेको करबाट जनताले लाभ लिन नपाउने स्थिति एकातिर छ भने अर्कोतिर यी ठेक्कापट्टा लिने ठेकेदार कम्पनीले लापरबाही गरेर त्यहाँ लगानी गर्दा बेलामा सम्पन्न नगर्दा खर्च लागत बढ्दै जाने भएकाले समयमा सम्पन्न नहुँदा जनताले उपभोग नपाउने र जनताले तिरेको करबाट समय अवधि बढाउनुपर्ने र लागत बढ्ने हुँदा जनता दोहोरो मारमा  परेका छन् । विगतका कुरा बिर्सिएर नयाँ नीति ल्याएर बाटाघाटा सुरक्षित गर्नुपर्छ ।’’

सांसद बिसीले जनतालाई परेका सास्ती हटाउन सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो ।