• ९ भदौ २०८१, आइतबार

हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम

blog

सदस्य वामदेव गौतम राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताउनुभएको छ । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताउनुभयो । उहाँले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्न सकिने जिकिर गर्नुभयो । उहाँले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताउनुभयो ।

‘‘हिमताल जोगाउन सकिन्छ, फुट्नबाट जोगाउन सकिन्छ, जनताको रक्षा गर्न सकिन्छ । दिमागमा त्यो सोच्नसक्ने व्यक्तिहरुले नेतृत्व गर्नुपर्छ । सोलुमा हिमताल फुट्यो, नोक्सान भयो । श्रद्धाञ्जली दिनेभन्दा केही गर्न सकिएन । ६ वटा ताल तुरुन्तै फुट्नेवाला छ ।,’’ सदस्य गौतमले भन्नुभयो, ‘‘आतङ्कित बनाएको छ त्यहाँ । तर त्यसलाई फुट्नबाट रोक्न सकिन्छ । बुझ्न चाहनुहुन्छ भने खालि समयमा मसँग भेट गरौँला । नेपाललाई जोगाउन सकिन्छ । जनतालाई जोगाउन सकिन्छ । सडक दुर्घटना बढेको बढ्यै छ । सडक दुर्घटना हाम्रो प्राकृतिक कारणले भइरहेको छ । निर्माणको कारणले होइन ।’’

उहाँले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभ  प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताउनुभयो ।