• ९ भदौ २०८१, आइतबार

नेकपा एसका अगुवा कार्यकर्ता एमालेमा प्रवेश

blog

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय नेतालाई स्वागत गरेपछि नेकपा (एमाले) महासचिव शंकर पोखरेललगायत ।

काठमाडौँ, भदौ ९ गते। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। 

यसैगरी, नेकपा एसका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आइतबार एमालेमा प्रवेश गर्नुभयो।

 एमाले महासचिव शङ्कर पोखरेलले उहाँहरूलाई  ललितपुरको च्यासलस्थित पार्टी कार्यालय एक कार्यक्रमकाबिच स्वागत गर्नुभयो।

 गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्नुभएको हो। 

उहाँ अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो। प्रा.डा. बगाले नेपाल पिएचडी फाउन्डेसनका उपाध्यक्ष हुनुहुन्छ। उहाँसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ।