• १० भदौ २०८१, सोमबार

भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

रेखीराम राना

तानसेन, भदौ १० गते । तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश बस्ने २८ वर्षका विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तानसेनबाट रानी महलतर्फ गएको युपी १४ डिएन १०४ नम्बरको कार गए राति पौने ११ बजेतिर तानसेन–रानीमहल सडक खण्डको तानसेन–१, स्थित नारायण डाँडामा दुर्घटनामा परेको थियो । 

उक्त जिप सडकदेखि १५० मोटर तल खसेको स्थानीय बासिन्दा गौतम बस्यालले जानकारी दिनुभयो । कारमा सवार अन्य पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।  

दुर्घटनामा परेको कारको नम्बर प्लेट । तस्बिर ः रेखीराम राना