• ९ भदौ २०८१, आइतबार

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

blog

अछाम, भदौ ९  गते ।  मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । 

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ । रासस