• ९ भदौ २०८१, आइतबार

अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु

blog

केदार तिमल्सिना 

बनेपा, भदौ ९ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८  बन्देउ डाँडा स्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोसहित रुख ढली बाटो अवरोध भएकोमा  स्थानीय पालिका, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस्तै पहिरोसँगै आएको रुखका कारण अवरुद्ध भएको जिरोकिलो मेलम्ची सडक खण्डसमेत स्थानीय तह, प्रहरी, सडक विभाग र स्थानीयबासीको सहयोगमा बिहान ८ बजेदेखि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।