पुनर्निर्माण सुस्त भएकोमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावितको पुनस्र्थापनाको काम प्रभावकारी बन्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराएको छ । मौसमी प्रकोप र पहिरोको जोखिमबिच भूकम्प प्रभावित अझै यथास्थितिमा हुनु चिन्ताजनक विषय भएको समितिले जनाएको छ ।
संसदीय समितिमा लामिछानेको बयान, सहकारी अपचलनको दोष राईतर्फ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले चार वटै सहकारीको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिनुभएको छ । उहाँले त्यसको सबै दोष गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) तर्फ देखाउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग गरेको सोधपुछमा उहाँले आफू जिम्मेवारीमा रहँदा कुनै पनि सहकारीमा निवेदन दिएर ऋण नलिएको दाबी गर्नुभएको हो ।
महोत्सवले चलायो हाटबजार
बनेपा नयाँ सहर होइन तर त्यहाँ परम्परागत हाटबजार पनि चलेन । हालै आएर मात्र बनेपाको लायकु दरबार प्राङ्गणमा हाट लाग्न थालेको छ । त्यसको जस भने आधुनिक मेला महोत्सवले लिएको छ । अरू बेला खेलकुद र सांस्कृतिक कार्यक्रम हुने बनेपाको लायकु दरबारको प्राङ्गण हालैका शुक्रबार लाग्न नपाउँदै तरकारी र अत्यावश्यक सामग्रीले भरिभराउ हुन थालेको हुन्छ । हाटबजारको नाम सुनेका तर अभ्यास नगरेका बनेपाली यहाँबाटै सामान खरिद बिक्री गर्न थालेका छन् ।
जलनको उपचार निःशुल्क गरिँदै
सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताउनुभयो । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने छ । प्रवक्ता डा. बुढाथोकीले त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने बताउनुभयो ।
युक्रेनद्वारा रूसको बेलगोरोडमा ३० भन्दा बढी बस्तीमा आक्रमण
युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनु भएको छ ।
मीना परियार हत्या प्रकरणः ‘न्यायका लागि हारगुहार’
घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् ।
पूर्वबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोशीमा खस्यो
पूर्वबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो।
टेबलटेनिस सङ्घमा हमाल निर्विरोध
अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
पुस्तकालय दिवसको अवसरमा रक्तदान
सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटी मण्डपमा रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।
संस्कृति संग्रहित गर्ने अभियानमा थारू युवा
थारू समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्।
‘सबै वामपन्थी र माओवादी शक्ति एक ठाउँमा आउनेगरी वार्ता चलिरहेको छ’
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
डुबेर मृत्यु भएका किशोरको शव गोताखोर टोलीले निकाल्यो
सर्लाहीको ईश्वरपुर नगरपालिका–५, सखुवनीमा शनिबार क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ।
नेपालका भिजनलाई स्वर्ण
नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ ।
नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि ‘चिया प्रतिस्पर्धा’
नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान लागि नेपालमा पहिलो पटक नेपाल चियाको प्रतिस्पर्धा गराइने भएको छ।
खोलामा डुबेर दुई जनाको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिका-८ ढोडेकोलमा दुई किशोरको खोलामा डुबेर ज्यान गएको छ ।
धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आव्हान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्र्धनका साथै विश्वभरका आगन्तुकहरुलाई नेपालका धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्नुभएको छ ।
मर्स्याङ्गदी नदीमा खसेको बस १० मिटर बाहिर ल्याइयो
आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ ।
ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै सिराहा फाइनलमा
बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
तालिबानद्वारा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध
तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।
नेपाली समाज मर्यादित समाज हो, अश्लीलता फैलाउन सम्भव छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताउनुुभएको छ ।
मधुश्री प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार प्रदान
प्रा. डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले विभिन्न प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ।
बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभएको छ ।
सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवम् ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताउनुभएको छ ।
सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्लाको तिनाउ–३, स्थित ड्यामसाइड र सिद्धबाबा मन्दिरको बिच भागमा शनिबार दिउँसो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।