• ९ भदौ २०८१, आइतबार

मर्स्याङ्गदी नदीमा खसेको बस १० मिटर बाहिर ल्याइयो

blog

मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बस क्रेनको सहायतामा बाहिर निकाल्दै सशस्त्र प्रहरी ।

तनहुँ, भदौ ८ गते । आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाइ पानी बाहिर निकालेको हो ।  


बस निकाल्नको लागि दमौलीबाट प्राईभेट क्रेन प्रयोग गरिएको थियो । पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडक सम्म निकाल्न सकिएको छैन । आइतबार पनि बस निकाल्ने कार्य जारी रहने छ। 


शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । शनिबार भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ । घाइतेहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।