• ९ भदौ २०८१, आइतबार

खोलामा डुबेर दुई जनाको मृत्यु

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ ८ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ ढोडेकोलमा दुई किशोरको खोलामा डुबेर ज्यान गएको छ । 

फुटबल खेलेर कोईली खोलाको भुते रहमा नुहाउन गएका १६ वर्षीय प्रतिक भण्डारी र १५ वर्षीय सरोज सापकोटाको ज्यान गएको हो । 

फुटबल खेलेर गर्मी भए पछि दुबै जना नुहाउन खोलामा पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी बहादुर ओलीले बताउनु भयो । 

प्रतिक ठाकुर भण्डारीका छोरा हुन् भने सरोज कृष्ण सापकोटाका छोरा हुन् । घटनाको विषयमा इलाका प्रहरी कार्यालय पिपराले थप अनुसन्धान गरेको प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो ।