• ९ भदौ २०८१, आइतबार

पुस्तकालय दिवसको अवसरमा रक्तदान

blog

काठमाडौँ, भदौ ८ गते । सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटी मण्डपमा रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।

सत्रौं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको आयोजनामा रक्तदान कार्यक्रममा गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । १७ जनाले रक्तदान गर्नुभएको सो कार्यक्रममा पुस्तकालयकर्मी, सरकारी कर्मचारी, युवा, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।


ुनिरन्तर शिक्षाका लागि पुस्तकालय नाराका साथ यस वर्ष सत्रौं पुस्तकालय दिवस २०८१ सम्पन्न गर्न साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गर्नुका साथै विभिन्न उपसमिति गठन गरिएका छन् । दिवसको अवसरमा देशभरका पुस्तकालयले भदौ १ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी पुस्तकालय दिवस मनाइरहेका छन् ।