• १६ भदौ २०८१, आइतबार

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

blog

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, भदौ ८ गते ।
 सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्लाको तिनाउ–३, स्थित ड्यामसाइड र सिद्धबाबा मन्दिरको बिच भागमा शनिबार दिउँसो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

सडक माथिबाट खसेको सुख्खा पहिरोले पाल्पाबाट बुटवलतर्फ जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएका छन् । सुख्खा पहिरोसँगै ठुला ढुङ्गा खसेकाले पहिरो हटाउन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ । दुई वटा डोजर र एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।