• ९ भदौ २०८१, आइतबार

युक्रेनद्वारा रूसको बेलगोरोडमा ३० भन्दा बढी बस्तीमा आक्रमण

blog

रुस–युक्रेन युद्ध । फाइल तस्बिर

मस्को,भदौ ८ गते । युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनु भएको छ । 

आक्रमण उक्त क्षेत्रका नौ जिल्लामा लक्षित गरिएको र पाँच जना घाइते भएका ग्लाडकोभले सामाजिक सञ्जाल टेलिग्राममा गरेको पोस्टमा उल्लेख छ । 

रूसले गत हप्ता बेलगोरोड क्षेत्रमा सङ्घीयस्तरको आपतकालको घोषणा गरेको थियो । यहाँ युक्रेनी सेनाले रूसी सिमाना नजिक आफ्नो आक्रमण जारी राखेको छ ।

रूसी सेनाले युक्रेनी सशस्त्र सेनाको आक्रमणलाई आफ्नो क्षेत्रमा पन्छाउन जारी राखेको र युक्रेनले पछिल्लो २४ घण्टामा ३६० भन्दा बढी सैनिक र २९ वटा सशस्त्र सवारीसाधन गुमाएको रूसको रक्षा मन्त्रालयले जनाएको छ । रासस, सिन्ह्वा