हराउँदै मानपुर बजार
कुनै समय मध्यपश्चिम क्षेत्रकै व्यापारिक केन्द्र थियो, मानपुर बजार । तुलसीपुर १७ मा रहेको मानपुर बजार अहिले सुनसान अवस्थामै छ ।
फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गरिँदै
सुनसरीको इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउन फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने भएको छ ।
तनहुँ बस दुर्घटना : १६ शवको पोष्टमार्टम, आजै महाराष्ट्र पठाइने
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ ।
विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार
डिभिजन वन कार्यालय गुल्मीले विभिन्न प्रजातिका १७ वन्यजन्तुको उद्धार गरेको छ । पछिल्लो दुई वर्षको अवधिमा मृत र घाइते अवस्थामा विभिन्न स्थानमा अप्ठ्यारोमा परेका विभिन्न प्रजातिका १७ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी एवम् वन अधिकृत राजन कुँवरले जानकारी दिनुभयो ।
फरार थुनुवा बिर्तामोडमा फेला
चार दिनअघि उपचारमा गएको बेला हतकडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राईलाई शनिबार पक्राउ परेका छन् ।
प्रदेश मन्त्रालयले गर्यो १२४ कर्मचारीको सरुवा
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो ।
धार्मिक पर्यटनका लागि अन्तरदेशीय पूर्वाधार निर्माणमा सहकार्य गर्न आह्वान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
पेरिसडाँडामा माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक
नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ ।
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सीमा क्षेत्रबाट चाँदीका गहना बरामद
एकडारा–४ स्थित सीमावर्ती गाउँ हलखोरीबाट प्रहरीले भारतबाट सीमा छली ल्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको चाँदीका गहना बरामद गरेको छ ।
खोलामा डुबेर दुई बालकको मृत्यु
खोलामा डुबेर खोटाङमा दुई बालकको ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो ।
‘टक बाइ हत्याकाण्ड’ मा थाइल्याण्डमा सात अधिकारीलाई मुद्दा चलाइने
थाइल्याण्डको सुदूर दक्षिणमा करिब दुई दशकअघि सेनाको ट्रकहरूमा निसास्सिएर दर्जनौँ मुस्लिम प्रदर्शनकारीहरूको मृत्यु भएको मामिलामा सात अधिकारीले मुद्दाको सामना गर्नुपर्ने पीडित परिवारहरूका वकिलले शुक्रबार बताएका छन् ।
ट्युबवेलमा वृद्धको कुहिएको शव फेला
झापाको गौरीगञ्ज गाउँपालिका ३ मा एक वृद्धको कुहिएको शव फेला परेको छ । गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो ।
तेस्रो महिला फुटबल प्रतियोगिता सुरु
न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
हुम्ला र मुस्ताङबाहेक अन्य जिल्लामा डेंगु सङ्क्रमण
वर्खायाम लागेसँगै डेंगु र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण ७५ जिल्लामा पुगेको छ ।
तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा
भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ ।
रेसुङगा विमानस्थलबाट उडान पुनः सुरु
झण्डै दुई महिनापछि रेसुङगा विमानस्थलबाट पुनः उडान सुचारु भएको छ । गत असार १४ गतेदेखि खराब मौसमका कारण रेसुङगा विमानस्थलबाट उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङगा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
नेकपा एसको बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ ।
तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण सुरु
भारतीय पर्यटक चढेको बस पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका –२ ऐनापहरा शुक्रबार बिहान ११ः३० बजेको दुर्घटनाका परी ज्यान गुमाएको शव परीक्षण सुरु गरिएको छ ।
माछालाई जाल हान्दै
कञ्चनपुर, भदौ ८ गते । शुक्लाफाँटा नगरपालिकाको मध्यभाग भएर बग्ने सनवोरा नदीमा जाल हानेर माछा मार्दै स्थानीय । तस्बिर : रासस
रेडिमेन्ट पसलमा आगलागी
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको मोरङको उर्लाबारी–६ स्थित एक कपडा पसलमा मध्यरातमा आगलागी भएको छ ।
महाकाल भगवानको मूर्ति
काठमाडौँ हनुमान ढोका परिसरमा गणेशस्थान अर्थात् मरु टोलमा रहेको महाकाल भगवानको निकै नै कलात्मक शैलीको आकर्षक प्राचीन मूर्ति। यो मूर्ति गणेशस्थानबाट मरु टोल जाँदा प्राचीन विश्वेश्वर महादेवको मन्दिर नजिक रहेको चैत्यको पछाडि घरको पेटी अर्थात् खुला आकाश मुनि रहेको छ।
प्रतिज्ञाको पर्व तिज
सत्य युगमा पार्वतीले महादेव पति पाउन गरेको व्रत उपासनादेखि तिजको परम्परा चलिआएको कुरा भविष्य पुराणमा वर्णन गरिएको छ । पूर्वजन्मका कारण पार्वतीले बालक कालमै महादेवला