मन्त्रीपरिषद् सदस्यलाई आचारसंहिता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्नुभएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो । सरकारले स्वनियमनको रणनीति बनाएको हो । त्यसका लागि आचारसंहिता लागु गरिएको छ । प्रदेश राजधानीबाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष अन्ठानब्बे प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा ९८ दशमलव ५ प्रतिशत रोपाइँ भएको हो ।
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ ।
बढे डेङ्गुका बिरामी
कास्कीमा डेङ्गुका बिरामीको सङ्ख्या वृद्धि भएसँगै पोखरामा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रमा डेङ्गु पोजेटिभ बढी देखिएपछि सचेतनामूलक कार्यक्रम तीव्र पारिएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवारोग हो । यस्ता प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने हुँदा लार्भा नै नष्ट पार्नुपर्ने पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताउनुभयो ।
प्राधिकरणको प्रगति र चुलिएका चुनौती
दशकअघि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई आफ्नो कार्यालयको नाम सार्वजनिक रूपमा उच्चारण गर्नु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । यसको एउटै कारण थियो, न जनतालाई बिजुली दिन सकिएको छ, नत सरकारी कम्पनी भएर सरकारलाई नाफा बुझाउन सकिएको छ । विद्यु्त्का कर्मचारीलाई लोडसेडिङ गर्ने कर्मचारीका रूपमा आमसमुदायले हेरिदिँदा उनीहरूलाई सामना गर्नै सकस थियो । दशकअघिको प्राधिकरणको यो चित्र र चरित्र भने अहिले दुवै फेरिएको छ । विद्युतीकरणको आँकडा अनुसार ९९ प्रतिशत जनतामा विद्युत् पहुँच उपलब्ध छ । हरेक वर्ष यो विद्युत् प्राधिकरणले नाफा आर्जन गर्दै आएको छ । ऋण काढे
नेपाली दार्शनिक
नेपाली दार्शनिक भनेर चिनिने प्रदिप गिरीको जन्म विक्रम संवत् २००४ असोज १४ गते (सन् १९४७ अक्टोबर १०) सिराहाको लहानमा भएको हो । उहाँको निधन २०७९ साल भदौ ४ गते काठमाडौँमा भयो । उहाँलाई राजनीतिक बौद्धिकता, चातुर्यता र दूरदर्शिताको दृष्टिले विश्वेश्वर प्रसाद कोइरालासँग तुलनीय व्याख्या गरिएको थियो । उहाँलाई एसियाली समाजवादी आन्दोलनका एक प्रखर चिन्तक र भाष्यकारका रूपमा पनि चिनिन्छ । गिरीको पुर्खा र संस्कारमा सङ्क्षिप्त चर्चा गर्दा गोत्रदेखिकै विषय खोज्ने हो भने धेरै लामो हुन जान्छ । तथापि मानिसको स्वभाव, चरि
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
विपत् व्यवस्थापनमा हाम्रो क्षमता
विपत् जोखिम न्यूनीकरण, पूर्वतयारीदेखि विपत् प्रतिकार्य हुँदै पुनर्लाभसम्म गरिने कार्य नै विपत् व्यवस्थापन हो । जोखिमको विश्लेषण, मूल्याङ्कन, विपत् रोकथामका लागि गरिने उपाय र जोखिम कम गर्न गरिने काम विपत् जोखिम न्यूनीकरणमा पर्र्छन् । विपत् लगत्तै घटनास्थलमा गरिने खोज उद्धार, सुरक्षित ठाउँमा सार्ने र राहत वितरणसम्बन्धी कार्य विपत् प्रतिकार्य र विपत्पश्चात्को पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी कार्य विपत् पुनर्लाभ अन्तर्गत पर्छन् । जोखिमयुक्त स्थानमा विपत् पूर्वसूचना प्रणालीको विस्तार तथा जलमापन केन्द्रको स्थापनाका कारण पछिल्लो समय नेपालमा विपत्बाट ज्यान गुमाउनेहरूको सङ्ख्या घटेको छ तर विपत्बाट हुने भौतिक सम्पत्तिको क्षतिलाई भने कम गर्न सकिएको छैन । बाढीपूर्वको चेतावनी प्रणालीको प्रभावकारी कार्यान्वयनका कारण
गौराको गौरव
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्दबाट अपभ्रंश हुँदै उत्पन्न भएको हो । हिन्दु धार्मिक ग्रन्थमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ । यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको ध्यान, तपस्यालगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथा गौरा गीतमा वर्णन गरिएको छ । सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिवले भावविह्वल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा सतीदेवीका अङ्ग पतन भएको ठाउँमा शक्तिपीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालय उत्पन्न भएको देखिन्छ । गौरा गीतले उनै सतीदेवीले हिमालय पर्वतको घरमा मैना देवीको गर्भवाट माता पार्वतीको रूपमा जन्म लिएको र मैनादेवीको गर्भबाट जन्मे
फेडोल उत्कृष्ट पुस्तक घोषणा
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले उत्कृष्ट तीन पुस्तक घोषणा गरेको छ । २०८० सालभरि प्रकाशित कृतिमध्येबाट सो छनोट गरिएको जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार भक्तपुरका अभय श्रेष्ठको कविता सङ्ग्रह ‘लहना र तीर’, मकवानपुरका शिवप्रसाद ढकालको जीवनी गाथा ‘भक्तगाथा’ र ताप्लेजुङका खेमराज निरौलाको महाकाव्य ‘क्रान्तिदूत’ उत्कृष्ट तीनमा छनोट गरिएका हुन् । भदौ १५ गते भक्तपुरमा आयोजना हुने कार्यक्रममा पुस्तकका लेखकलाई फेडोल उत्कृष्ट सिर्जना सम्मान–२०८१ प्रदान गरिने जनाइएको छ ।
रामेछापका गाउँ गाउँमा लाखे नचाइँदै
रामेछापका मन्थली, चिसापानी, साँघुटारलगायत नेवार बस्तीमा लाखे नचाइएको छ । मन्थलीका नेवार समुदायले नागपञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् । ढोल र झ्याम्टाको आवाजको तालसँगै हरेक साँझ लाखेनाचले मन्थली बजारवासीलाई आकर्षित गरिरहेको छ । हरेक साँझ झ्याली र बाजाको तालमा दुई वटा लाखे मन्थली बजारमा नचाइन्छ ।
हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’
चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा आधारित चलचित्र हो । छोराको चाहना राख्ने पितृसत्तात्मक सोचविरुद्ध सङ्घर्ष गर्ने महिलाको कथामा चलचित्र निर्माण गरिएको छ । चलचित्रमा मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गर्नुभएको छ । छोरीको कथामा निर्माण भएको चलचित्रमा बाबु र छोरीबिचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्धको सङ्घर्षको कथा छ । निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ महिलाको एउटा क्रान्तिकारी कथा भएको बताउनुभयो ।
९८.५ प्रतिशत रोपाइँ सम्पन्न
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष भदौ ७ गतेसम्म ९४.६ प्रतिशत रोपाइँ भएको थियो । सात वटा प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेश र कर्णाली प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा ९८.३ र गण्डकी प्रदेशमा ९७.८ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले जानकारी गराउनुभयो । सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ ।
सामाजिक सञ्जाल नियमन गर्ने कानुन बन्ने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको सञ्चालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताउनुभएको छ । उहाँले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो । अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर संसद्मा पेस गरिने बताउँदै उहाँले यसै वर्ष कानुन निर्माणसम्बन्धी काम पूरा हुने स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले शक्रबार राजधानीमा गुरुङ सम्पदा पदमार्गको शुभारम्भ तथा नक्सा सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । उहाँले यस पदमार्गको शुभारम्भले मुलुकको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको हितका लागि समर्पित भएर ‘गुड फेथ’ का साथ काम गर्ने प्रयत्न गरिरहेका छौँ । यस कार्यमा सञ्चारकर्मीलगायत सबैको साथ समर्थन चाहिन्छ ।”
जाइकाको प्रमुख प्रतिनिधिमा मात्सुजाकी
नेपालको प्रमुख अन्तर्राष्ट्रिय विकास साझेदार जाइका नेपालको नयाँ प्रमुख प्रतिनिधिका रूपमा मात्सुजाकी मिजुकी आउनुभएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक समारोहबिच उहाँलाई नेपालमा स्वागत गरिएको छ । स्वागतलगत्तै उहाँले नेपालसँग आफ्नो पुरानो निकटता रहेको बताउनुभयो । जाइका नेपालको प्रमुख प्रतिनिधिका रूपमा नेपाल सरकार र नेपाली जनतालाई सहयोग गर्न आतुर रहेको उहाँले प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा रहँदा यहाँको विकास र समृद्धिलाई बढावा दिने जाइकाको उद्देश्य अनुसार विकासको लक्ष्य हासिल गर्न नेपाली जनता र सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहने छु ।” यस वर्ष जापानको विकास सहायता विस्तारको ६० औँ वर्षगाँठ मनाइँदै छ । थप विकास प्रयासलाई निरन्तरता दिँदै कोसेढुङ्गामा परिणत गर्ने विश्वास पनि उहाँले सो क्रममा व्यक्त गर्नुभयो । फिलिपिन्स, अफ्रिकालगायतका देशको विकास तथा जापानको विभिन्न मन्त्रालयमा समेत लामो अनुभव रहेको उहाँले आफ्नो अनुभवलाई नेपालमा उपयोग गर्दै दुई देशको सम्बन्धलाई उचाइमा पु¥याउन सघाउने प्रस्ट्याउनुभयो ।
दुर्घटनामा परेकाको तत्कालै उद्धार, छैनन् एकीकृत सेवा संयन्त्र
भारतीय नागरिक सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित ऐनापहराबाट मस्र्याङ्दी नदीमा खस्यो । शुक्रबार बिहान ११:१५ मा खसेपछि बसको पछाडि रहेका अरू गाडीका यात्रुले प्रहरीलाई खबर गरे । प्रत्यक्षदर्शी सुब्बा लामाका अनुसार १५ मिनेटमै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेका थिए । त्यसको केहीछिनमै आबुखैरेनीस्थित स्थानीय स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीको टोली पुग्यो । उहाँले भन्नुभयो, “बस दुर्घटनामा प्रहरी, एम्बुलेन्स र स्वास्थ्यकर्मीले एकैसाथ उद्धार र स्वास्थ्योपचार थाल्नुभयो ।”
काठमाडौंमा तीन दिने तीज मेला सुरु
हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ शुक्रबारबाट सुरु भएको छ ।
मोदीको भ्रमण ‘ऐतिहासिक र प्रतीकात्मक’ : युक्रेनी राष्ट्रपति जेलेन्स्की
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न किभ आइपुग्नु भएको छ । रुस र युक्रेनबीच युद्ध जारी रहँदा भारतको प्रधानमन्त्रीको यो भ्रमण भएको हो ।
आँबुखैरेनी दुर्घटनाले स्तब्ध बनाएको छ : नेपाली काँग्रेस
नेपाली काँग्रेसले तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाले स्तब्ध बनाएको बताएको छ । घटानाप्रति काँग्रेस कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग् माग गरेको छ ।
तानाशाही प्रवृत्ति देखिएपछि नयाँ दल गठन भयो : महासचिव राई
जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनुभएको छ।
ताप्लेजुङ गोल्डकप : फाइनल यात्रामा मोरङ
आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको सेमीफाइनलमा सङ्घर्ष स्पोर्टिङलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल पुगेको हो।
तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।
अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्री काफ्लेको निर्देशन
बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले निर्देशन दिनुभएको छ ।