हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो
मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको शिरबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सीखोला बग्न थालेको छ ।
तनहुँ बस दुर्घटना : मृतकको संख्या २१ पुग्यो
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। उद्धारकार्य जारी रहेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान प्रहरीले गरेको छ।
गाजामा युद्धविराम वार्ताका लागि कायरो पुगे इजरायली वार्ता टोली
गाजामा जारी युद्ध रोक्ने उद्देश्यका साथ आह्वान गरिएको युद्धविराम वार्ताका लागि सहभागीता जनाउन इजरायली वार्ता टोली शुक्रबार कायरोमा पुगेको छ ।
लिजाको नतिजामा त्रिवेणी उत्कृष्ट
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ ।
तनहुँ बस दुर्घटना : ११ जनाको उपचार शिक्षण अस्पतालमा, एकको अवस्था गम्भीर
तनहुँ बस दुर्घटनाका घाइते भएका ११ जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। अस्पतालको आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद न्यौपानेका अनुसार तनहुँ बस दुर्घटनामा घाइते भएका ११ जना उपचारका लागि अस्पतालमा ल्याइएको हो।
अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस : १३ महिला फोटोग्राफरको संघर्ष र साहसको जीवित दस्तावेज
अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा, भ्वाइसेज अफ विमेन मिडियाले अ सिम्फोनी अफ साइलेन्ट स्टोरी नामक एक विशेष कृति विमोचन गरेको छ ।
स्वमूल्याङ्कनमा इलाम पहिलो र सूर्याेदय दोस्रो
सङ्घीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले गरेको संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशभरिमा इलाम नगरपालिका पहिलो भएको छ ।
ट्याक्सीमाथि खस्यो स्कुल बस, चालक घाइते
शुक्रबार दिउँसो पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा स्कुल बस अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।
भारत भ्रमण सफल भयो : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।
मुस्ताङमा हिमपहिरो : ९ घर जोखिममा
हिमपहिरोले खोला थुनिँदा ९० प्रतिशत जति पानी खोलामा कम भएको स्थानीयले बताएका छन् ।
मानसिक रोगीको निःशुल्क उपचार
ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका ४९ जना मानसिक रोगीको निःशुल्क उपचार गरिएको छ ।
सशस्त्र प्रहरी उपरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
सशस्त्र प्रहरी बल, नेपाल नं.४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र
गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु, ४५ लाख प्रभावित
बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित
भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
‘नयाँ सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व वृद्धि भयो’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ ।
तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो
तनहुँ बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । गम्भीर घाइतेमध्ये १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको हो ।
भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा
भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।
संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
संरक्षणमा उदाहरणीय ढाप पोखरी
इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिनेगरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।
सङ्खुवासभामा भूकम्पको धक्का
सङ्खुवासभा जिल्लाको गढीडाँडा बजार आसपासमा भूकम्प गएको छ ।
तनहुँ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला
मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आइसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।
कास्कीमा डेङ्गु सङ्क्रमण बढ्दो
गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।