• १३ पुस २०८१, शनिबार

तनहुँ बस दुर्घटना : ११ जनाको उपचार शिक्षण अस्पतालमा, एकको अवस्था गम्भीर

blog

दुर्घटनास्थलबाट घाइतेको उद्धार गरेर उपचारका लागि पठाउँदै स्थानीय र प्रहरी ।

काठमाडौँ, साउन ७ गते। तनहुँ बस दुर्घटनाका घाइते भएका ११ जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। 

अस्पतालको आकस्मिक विभाग प्रमुख डा. रामप्रसाद न्यौपानेका अनुसार तनहुँ बस दुर्घटनामा घाइते भएका ११ जना उपचारका लागि अस्पतालमा ल्याइएको हो। 

एक जनाको अस्वस्था सिकिस्त रहेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“बस दुर्घटनाका घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा ल्याइएको छ। अहिलेसम्म यहाँ ल्याइएका घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको उपचार हुँदै छ।उपचारपछि मात्र उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा भन्न सकिन्छ।” 

४३ जना भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको छ भने सात जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। 

यो पनि पढ्नुहोस

तनहुँ बस दुर्घटनाका १२ घाइतेलाई काठमाडौं ल्याइयो

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार सुरु