गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन
करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कारदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो ।
यात्रुवाहक बस मर्स्याङ्दीमा खस्यो
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवहाक बस मर्स्याङ्दी नदिमा खसेको जानकारी दिनुभयो ।
बाढी घटे पनि विस्थापित सडकमै
कैलालीको डुबान प्रभावित क्षेत्रमा बाढी घटे पनि विस्थापितहरु सडकमा बस्न बाध्य छन् । डुबान भएको घर हिलाम्मे भएका कारण उनीहरु सडकमा बस्न बाध्य भएका हुन् ।
थामी बस्तीका चार परिवारलाई सुरक्षित स्थानमा सारियो
अविरल वर्षातले त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा टेन्ट हालेर स्थानान्तरण गरिएको छ ।
टिमुर उत्पादनमा वृद्धि
दाङमा टिमुर उत्पादनमा वृद्धि भएको छ । जिल्लाका पहाडी क्षेत्रका किसान टिमुरको व्यावसायिक उत्पादनमा जोडिएपछि टिमुरको उत्पादनमा वृद्धि हुँदैआएको छ ।
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला रु. एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।
पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन
पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न निर्देशन दिनुभएको हो ।
रुकुमकाे काँक्री गाउँ
रुकुमपूर्व भूमे गाउँपालिका–२ स्थित रमणीय काँक्री गाउँ । यस गाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्ग र सहिद मार्गको सङ्गम स्थलको रूपमा रहेको छ ।
चार सय १७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिँचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ६७ वटा स्यालो ट्युबेल जडान गरेपछि एक सय १७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको हो ।
भिरबाट खसेर पुरुषको मृत्यु
खेतबाट फर्किने क्रममा भिरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका –५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।
कुखुरा फार्ममा चितुवा पस्यो
स्याङ्जाको वालिङ नगरपालिका –१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले सञ्चालन गर्दै आउनुभएको लोकल कुखुरा फार्ममा चितुवा पसेर कुखुरा मारेको छ ।
मगर साहित्य महोत्सवको तयारी
बुटवलमा पहिलो पटक मगर साहित्य महोत्सव हुने भएको छ । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।
संस्कृति जगेर्ना गर्न आठपहरिया सङ्ग्रहालय
धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको उक्त संग्रहालयको काम अन्तिम चरणमा पुगेको हो ।
थाइल्यान्डमा विमान दुर्घटना: सात जनाको मृत्यु
थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङ्साओमा बिहीवार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेपछि खोजी तथा उद्धार कार्य जारी छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ ।
अभिशाप बनेको आविष्कार
पत्रकारको बाक्लो उपस्थितिमाझ आविष्कारक थोमस मिजले जुनियरले सिसा (लिड) मिसाइएको वस्तु आफ्नो हत्केलामा हाले र करिब एक मिनेट जति त्यसबाट निस्केको धुवाँ सुँघे । निर्भीक थोमसले भने, “बिनाकुनै स्वास्थ्य समस्या म यस्तो हरेक दिन यसो गर्न सक्छु ।” त्यसको केही समयमै थोमसलाई चिकित्सा उपचार आवश्यक पर्यो तर उनको कृत्यले स्वयम्को भलाई भन्दा पनि गम्भीर असर पर्ने भयो । सन् १९२४ मा जनरल मोटर्सका ‘केमिकल इन्जिनियर’ थोमसले आफ्नो हालसालैको आकर्षक खोज– सिसा मिश्रित यौगिक
लोकसंस्कृतिका धनी धिमाल
पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल जातिको आफ्नै भाषा र मौलिक जीवनशैली छ । यो जातिको खानपान, वेशभूषामा मौलिकपना देखिन्छ । प्रकृतिमा निर्भर रहिआएको यो जाति प्राकृतिक धर्ममा आस्था राख्दछ । भाषा, वेशभूषा, संस्कृति, रहनसहन र विशिष्ट सांस्कृतिक पहिचान बोक्ने सीमान्तकृत जाति हो यो । माईखोला पूर्व बसोबास गर्ने धिमाललाई पूर्वी धिमाल र माईखोला पश्चिम बसोबास गर्दै आएका धिमाललाई पश्चिमी धिमाल भनेर चिनिन्छ । पूर्वमा बसोबास गर्ने धिमालमा राजवंशी प्रभाव पाइन्छ । धिमाल जातिको परम्परागत घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित हुन्छ । उनीहरू भुइँतलामा संयुक्त परिवारमा ब
पृथ्वी राजमार्ग दुवैतर्फ सुचारु गरिने
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड आज दिउँसोबाट दुईतर्फी सञ्चालनमा आउने भएको छ । अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझ सवा ६ बजेबाट एकतर्फी सुचारु भएकोमा आज दुईतर्फी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
नेपाली सेनाबाट २८० जना अधिकृत माग
नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।
बरन्डाबाट लडेर वृद्धाको मृत्यु
हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो ।
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
सङ्घ सरकारका गृहमन्त्री रमेश लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुभएको छ ।
ग्यास बुलेटसँग कार ठोक्किँदा तीन जना घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैँडा उपमहानगरपालिका ९ मास्टरचोकस्थित सडक खण्डमा ग्यास बुलेटले कारलाई तीन जना घाइते भएका छन् ।
कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने
सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।
स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब
नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी खर्च गर्दा दैलेख जिल्लाका ११ स्थानीय तहको बेरुजु एक अर्ब ४४ करोड ९० लाख तीन हजार पुगेको छ । जिल्लाका ११ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु आठबिस नगरपालिकाको रहेको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र नगरपालिकामा १० करोड बेरुजु थपिएको छ । नगरपालिकाको हालसम्म कुल ५७ करोड २७ लाख ५० हजारमध्ये बेरुजु असुल गर्नुपर्ने दुई करोड ८३ लाख ८४ हजार, प्रमाण कागजपत्र पेस गर्नुपर्ने तीन करोड ४३ लाख ५७ हजार, नियमित गर्नुपर्ने एक करोड ९० लाख एक हजार र पेस्की बाँकी दुई करोड १८ लाख एक हजार रुपियाँ रहेको छ ।