• १२ मंसिर २०८१, बुधबार

ग्यास बुलेटसँग कार ठोक्किँदा तीन जना घाइते

blog

राममणि दाहाल

हेटौँडा, भदौ ७ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाैँडा उपमहानगरपालिका ९ मास्टरचोकस्थित सडक खण्डमा ग्यास बुलेटले कारलाई तीन जना घाइते भएका छन् । 

शुक्रवार बिहान ६ः२० बजेको समयमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा सवारी दुर्घटना भएको हो । 

पथलैयाबाट हेटौँडातर्फ आउँदै एन एल ०१ एल २९७१ नं.को भारतीय एलपी ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग.३च ८४४९ नं.को कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते हुनेहरूमा कार चालक जिल्ला स्याङ्जा अर्जुन चौपारी नगरपालिका १ का वर्ष ३३ का चूडाबहादुर विष्ट, पोखरा महानगरपालिका ११ का वर्ष ६३ का पुरण श्रेष्ठ र लमजुङ बेसीसहर नगरपालिका ८ की वर्ष १७ की नेहा रानामगर छन् । 

घाइतेहरूको सन्चो अस्पताल हेटौँडामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र फरार रहेका ग्यास बुलेटका चालकको खोजी कार्य भइरहेको छ ।