चैलेको उकालोमा ग्राभेल भएको सडक
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेको उकालोमा हालै ग्राभेल गरेर स्तरोन्नति भएको सडक ।
किसान व्यावसायिक पशुपालनतर्फ
शारदा नगरपालिका–६ का छविलाल खत्रीले व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । २०७६ सालदेखि भैँसीपालन गर्दै आउनुभएका उहाँले दुध बेचेर मासिक ५० हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । उहाँसँग आठ वटा दुहुना भैँसी छन् । यस्तै त्रिवेणी गाउँपालिका–६ का खिमबहादुर चलाउनेले पनि व्यावसायिक भैँसीपालन गर्नुभएको छ । भैँसीको दुध बिक्रीका लागि समस्या नभएको उहाँको भनाइ छ । यहाँका स्थानीय तहमा किसान व्यावसायिक पशुपालनमा आबद्ध हुन थालेका छन् । सल्यानको दार्मा गाउँपालिका यहाँ वार्षिक तीन सय मेट्रिक टन दुध उत्पादन तथा बिक्री हुने गरेको छ ।
बुकी पाटनमा चर्दै भेंडा
चार हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेंडा ।
द्वन्द्वपीडितको आग्रह हाम्रो दुःख छिटो बिर्साऊ
दाङको घोराहीका प्रकाश चौधरीले सशस्त्र द्वन्द्वको समयमा आफ्नो भाइ गुमाउनुभयो । भाइ गुमाएको पीडा उहाँले बिस्तारै बिर्संदै जानुभएको छ । २०६१ सालमा भाइ विजयलाई गुमाएका प्रकाशले राज्यपक्षबाट हत्या भएको कुरा पछि मात्र थाहा पाउनुभएको हो । राज्यले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा लैजान खोजेपछि उहाँले केही हदमा न्याय पाइने अपेक्षासहित पीडा बिर्सने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले भाइ गुमाएँ तर त्यही कुरा सधैँ सम्झेर सुरक्षा निकायलाई गालीगलौज गर्नुभन्दा हामीलाई पनि सहभागी गराएर यस्ता विषय टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने लागेको छ ।”
कटानले गाउँबस्ती जोखिममा
डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् ।
सहयोगको पर्खाइमा गुर्बुराज
घोडाघोडी नगरपालिका–११, तिल्कनीपुरका मुक्त कमैया गुर्बुराज चौधरीको खुट्टा आगोमा परेर जलेपछि उहाँलाई बैसाखी तथा ह्विलचेयरको खाँचो परेको छ । एउटा खुट्टा काट्नु परेका कारण उहाँलाई बैसाखी तथा ह्विलचेयर आवश्यक परेको सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो । जसोतसो ऋणधन गरेर जलेको खुट्टा काटेर उपचार गरिए पनि हिँडडुल गर्न समस्या भएको चौधरी बताउनुहुन्छ ।
निजामती सेवा संशोधन विधेयक पारित
प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ । थारू÷रानाथारू समुदाय र सत्तापक्षकै केही प्रदेश सभा सदस्यको विरोधका बिच उक्त विधेयक पारित भएको हो । थारू/रानाथारू समुदायको समावेशी कोटाप्रति असन्तुष्टि जनाउँदै सत्तापक्ष नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गीता चौधरी र नागरिक उन्मुक्ति पार्टीका उपस्थित प्रदेश सभा सदस्यले सदनमा विरोध जनाउनुभएको थियो ।
जयनगर तर्फ जाँदै रेल
धनुषाधाम, भदौ ७ गते । भङ्गहा–जनकपुर–जयनगरसम्म चल्ने नेपालको एकमात्र रेलसेवा नेपाल रेल्वे बिहीबार यात्रुहरुलाई लिएर जयनगर तर्फ जाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका१७ कनरपट्टी नजिकैको दृश्य । तस्बिरः रासस
पुनर्स्थापनाको पर्खाइमा पहिरोपीडित
तीन वर्षअघि नवलपुरको हुप्सेकोट गाउँपालिका–५, वाकखोरमा पहिरोबाट विस्थापित भएपछि पालमा रातदिन बिताइरहेका पीडित परिवारलाई सरकारले अहिलेसम्म स्थायी बसोबासको व्यवस्था मिलाउन सकेको छैन । विसं २०७८ असार २३ गते गएको पहिरोमा परी १८ घरपरिवार विस्थापित भएका थिए । वाकखोरका पहिरो विस्थापित जुकेपानी–१, शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्दै आएका छन् ।
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माणमा विलम्ब
जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ ।
न्याय माग्दै धर्ना
म्याग्दीको बेनी नगरपालिका–९, गिठीनीस्थित ठुलोखोलाको जङ्गलमा गत साउन २७ गते सडेको अवस्थामा फेला परेको मानव शव मीना परियारको भएकाले उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडित पक्षले धर्ना दिएको छ । दलित एकता समाज म्याग्दी, परियार सेवा समाज म्याग्दी र मिजार सेवा समाज म्याग्दीले जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिनुका साथै दबाब ¥यालीसमेत आयोजना गरेका थिए । धर्नामा सहभागीहरूले मीना परियारको हत्यारा खोइ ? मीना परियारको हत्याको सत्यतथ्य छानबिन गर ! लगायतका नारा लेखिएको प्लेकार्ड समातेर प्रहरी कार्यालयअगाडि सडकमा भुइँमै बसेर विरोधका साथ दबाब दिएका थिए ।
जापानी दम्पतीद्वारा विद्यालयलाई आर्थिक सहयोग
मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् ।
घर-घरमै पुगेर सुरक्षा भत्ता नवीकरण
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गले नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । यस वडाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु वडा कार्यालयमा पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरिएको वडा अध्यक्ष सुशील चन्दले बताउनुभयो ।
अपरिहार्य सडक सुरक्षा
यातायातको द्रुततर विकाससँगै सवारीसाधन दुर्घटना भएर यात्रुको ज्यान जानु दुःखद पक्ष हुँदाहुँदै पनि एकपछि अर्को दुर्घटना भइरहेकै छन् । सवारीसाधन दुर्घटनामा परेर विश्वमा हरेक वर्ष १४ लाख मानिसले ज्यान गुमाइरहेको कहालीलाग्दो तथ्याङ्क सार्वजनिक छ । नेपालमै पनि सडक दुर्घटनामा परेर दैनिक आठ जनाको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ यताको १० वर्षको अवधिमा दुई लाख ५८ हजार ७१३ वटा सवारीसाधनको सडक दुर्घटनामा परेर करिब २४ हजार एक सय जनाको ज्यान जानुका साथै
सांस्कृतिक विविधतामा शिक्षा
सभ्यताको विकास र प्रगतिका लागि शिक्षा महत्वपूर्ण साधन हो । शिक्षाले विवेक, ज्ञान, समझदारी र समर्पण भावना विकसित गर्छ । समग्र क्षेत्रमा समृद्धिको मार्ग खोलिदिन्छ । संस्कृति विकासमा शिक्षा र ज्ञानले मान्छेभित्र रहेको प्रज्ञाचक्षु खोल्दै, अद्भूत रहस्य र क्षमतालाई भूमिकामा उतारिन्छ । साहस र क्षमताको अन्तरघुलन गराएर पुराना सोच, मान्यता र विश्वास समायानुकूल भत्काउँदै युगान्तर गरिदिन्छ । विषयलाई कहाँ उभिएर कुन चस्माले हेर्ने ? कसरी बुझ्ने र त्यसलाई कसरी भूमिकामा उतार्ने मुख्य कुरा हो । आँखालाई दृष्टिमा फेरेर जीवन र जगत हेर्ने, बुझ्ने र दृष्टिकोण निर्माण गर्दै ज्ञान क्षेत्रमा प्रवेश गराउने माध्यम शिक्षा हो । शिक्षाले व्यक्तित्वमा बौद्धिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक सर्वाङ्गीण विकास गराउँछ । ज्ञान मार्गमा प्रवेश गराउँ
मिडियामा दलित प्रतिनिधित्व
‘संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ भनिएको छ । संविधानको धारा ७६ (९) अनुसार मन्त्रीपरिषद् सङ्घीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मन्त्री रहने उल्लेख छ । धारा ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था छ तर यसको व्यावहारिक कार्यान्वयन भने देखिँदैन ।
ट्याक्टरमा जोखिमपूर्ण यात्रा
सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा ट्याक्टरमा राखेर खाद्यान्न ढुवानी गर्न थालिएको छ । अत्यावश्यक काम परेका स्थानीयसमेत खाद्यान्न बोकेको ट्याक्टरमै चढेर लालबन्दी बजारसम्म आउजाउ गर्न थालेका छन् । बर्खा लागेदेखि नारायणखोलामा बस सञ्चालन भएको छैन ।
बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन ?
गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
शान्ति प्रक्रिया निष्कर्षतिर
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का नेताले सहमति गरेपछि सङ्क्रमणकालीन न्याय सफलताको मार्गमा लम्केको छ । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक पारित भएसँगै राष्ट्रिय सहमति बन्न पुगेको छ– शान्ति प्रक्रिया । तीन दलले चाहेमा के नहुने रहेछ भन्ने उदाहरण पनि देखिएको छ । विगत १८ वर्षदेखि राजनीतिक मतभेदका कारण अल्झिएर बसेको यो विषयलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट पारित हुनु भनेको द्वन्द्व समाधानमा नेपालको कानुन विश्व समुदायका लागि नमुना बन्न पुगेको छ । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा गठित छानबिन आयोगको प्रतिवेदनको आधारमा पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा सश
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
आजको मौसमः अधिकांश क्षेत्रमा भारी वर्षाको हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
मङ्किपक्सको जोखिम
अफ्रिकी देश कङ्गोमा एमपक्स सङ्क्रमणका कारण ५७० बढीले ज्यान गुमाएका छन् । बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, केन्या, युगान्डा, रुवान्डा हुँदै स्विडेन र पछिल्लो समय पाकिस्तानमा समेत एमपक्स पुष्टि भइसकेको छ । सङ्क्रमण तीव्र रूपमा फैलिएपछि अफ्रिकी सीडिसीले अगस्ट १२ मा जनस्वास्थ्य सङ्कटकाल तथा विश्व स्वास्थ्य सङ्गठनले अगस्ट १४ मा विश्व स्वास्थ्य आपत्काल पिएचइआइसी घोषणा गरेको छ । नेपालमा पहिलो पटक र एक मात्र २०८० असार १ गते ६० वर्षीय विदेशी महिलामा मङ्किपक्स पुष्टि भएको थियो । मध्य एवं पश्चिमी अफ्रिकी देशको जङ्गली स्थानमा पाइने बाँदरबाट मानिसमा
बाढीले करोडौँको क्षति
असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।