खेलकुद मन्त्रीद्वारा ‘सेन्थेटिक ट्रयाक’ निरीक्षण
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको महिना दिन नपुग्दै फुटेको ‘सेन्थेटिक ट्रयाक’ को स्थलगत निरीक्षण गर्नुभएको छ ।
कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख बढी असुली
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा जिल्लामा ५३ जना कालोसूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५०० रुपियाँ असुली गरेको छ ।
‘भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हदम्याद राख्न मान्य छैन’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ ।
पहिरोले नर्सरीमा ठुलो क्षति
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाइटेक नर्सरीमा पहिरोको कारण क्षति पुगेको छ । लगातारको वर्षाका कारण नर्सरीमुनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा क्षति भएको हो ।
भन्सार छलीका सामानबाट नौ करोड बढी राजश्व सङ्कलन
रुपन्देही प्रहरीले भन्सार छलीको सामान नियन्त्रणबाट साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका कार्यालयको सक्रियतामा आर्थिक वर्ष २०८०-०८१ मा राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ ।
नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ ।
सुक्खा पहिरोले त्रासमै बित्छ दिन
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रूपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।
इलाममा ऐतिहासिक जात्राको रौनक
विभिन्न जातीय भेषभूषामा सजिएर आएका युवायुवती, बालबालिकाले आज बिहानैदेखि इलाम सदरमुकामस्थित चोक गल्लीमा ऐतिहासिक बिहीबारे जात्रा मनाएका छन् ।
राष्ट्रिय सभा : कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिराहाको दक्षिणी सिमानामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अभिभावक पढ्दै, विद्यार्थी घरको काम सिक्दै
इलामको रोङ गाउँपालिका-३ की विष्णुकुमारी गुरुङ उमेरले ६५ वर्ष पुग्नुभयो । विष्णुमाया ६५ वर्षको उमेरमा कापी र कलम बोकेर विद्यालय जानुहुन्छ ।
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने
सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक स्वीकृत
राष्ट्रिय सभाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ । बिहीबार बसेको सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
मानवअधिकार उल्लङ्घनको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको टोली बङ्गलादेशमा
शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लङ्घनको अध्ययन गर्न संयुक्त राष्ट्रसङ्घको एक टोली बिहीबार बङ्गलादेश पुगेको छ ।
अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु
अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राती जनाएको छ ।
अमेरिकी निर्वाचन : वाल्जद्वारा पार्टीमा औपचारिकरूपमा उम्मेदवारी दर्ता
डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गर्नुभएको छ ।
नेपालमा नयाँ सफलताको कथा लेख्ने बाटोमा छौँ : एमसिसीका आवासीय निर्देशक
नेपाली जनताको मन जित्नेगरी एमसिसी परियोजनाको काम भइरहेको दाबी सरोकारवाला उच्चअधिकारीहरूले दाबी गर्नुभएको छ ।
जुगलका जलविद्युत आयोजना गाउँपालिकाको मापदण्डमा चल्ने सहमति
जुगल गाउँपालिकाभित्र सञ्चालित र निर्माणाधीन जलविद्युत आयोजना अबदेखि गाउँपालिकाले तयार गरेको मापदण्ड र सुरक्षा व्यवस्था अनुसार सञ्चालन हुने भएका छन् ।
‘जलवायु परिवर्तनको असरस्वरूप सोलुखुम्बुको हिमताल फुट्यो’
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा पर्छ थामे बजार । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पदयात्रा जानेहरू थामेमा बास बस्ने गर्थे ।
माओवादी केन्द्र बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठक जारी
नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
योजनाबिना विद्यालयलाई १० लाख भुक्तानी
कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो ।
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने छ ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपियाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपियाँ निर्धारण भएको छ ।
डुबानबाट कैलालीका विभिन्न बस्ती प्रभावित
दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।