• २ माघ २०८१, बुधबार

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (प्रत्यक्ष प्रसारण)

blog

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’ कार्यक्रममा जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, भदौ ६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद–९ बमोजिम सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने छ ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरुमा दस्उहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।

‘‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयर्थ प्रस्तुत गर्नुहुने प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१’’ प्रस्तुत गर्नुहुने छ ।