आठौँ धर्म–धम्म सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
देशमा शिक्षाको स्थिति नाजुक छ : प्रथम राष्ट्रपति यादव
प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुस्ताङमा स्याउ टिप्ने मिति तय
हिमालपारीको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको छ।
भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
ताप्लेजुङ गोल्डकप : बिर्तामोडसँग आर्मी स्तब्ध
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ ।
दरबन्दीमा रहेका चिकित्सकलाई प्रदेश र स्थानीय तहमा खटाइने
स्वास्थ्य क्षेत्रमा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहले एक आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका हुन्।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री छ : सांसद गौतम
राष्ट्रिय सभाका सांसद वामदेव गौतमले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताउनुभएको छ ।
चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मूलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता
सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित
राष्ट्रिय सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।
अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक अवरुद्ध
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सिमानामा पहिरो जाँदा अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक खण्ड अवरुद्ध भएको छ ।
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पृथ्वीराजमार्गको अवरोध आजै हटाइने
पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोध आज साँझबाट हटाइने भएको छ। अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा बुधबार खसेको पहिरोलाई पन्छाएर अवरोध हटाउन लागिएको हो।
प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयका निम्ति सञ्चारसम्बद्ध पुराना सामग्री उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।
प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता हुनुहुन्थ्यो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेताको रूपमा रहनुभएका प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेताका रूपमा सदा रहिरहने बताउनुभएको छ ।
विपदबाट मृत्यु भएका खोटाङका चार परिवारलाई एक–एक लाख राहत
विपदबाट ज्यान गुमाएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ ।
साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
महावीर पुनको अभियानमा हेटौँडा उपमहानगरको साथ : पाँच लाखको किताब किन्ने
हेटौँडा उपमहानगरपालिकाले नेपाली वैज्ञानिक महावीर पुनको आत्मकथामा आधारित पुस्तक खरिद गरी पुनको अभियानमा सहयोग गर्नुभएको छ ।
टेबलटेनिस सङ्घको निर्वाचन शनिबार
लामो समयदेखि अवरुद्ध बन्दै आएको अखिल नेपाल टेबलटेनिस सङ्घको निर्वाचन शनिबार हुने भएको छ ।
पौडी खेल्न जाँदा पोखरीमा डुबेर मृत्यु
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।
म्याग्दीका ३४ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम हिमाली जिल्ला म्याग्दी २०७३ देखि लागू भएको थियो । उक्त कार्यक्रममा हालसम्म १३ हजार तीन सय ६२ परिवार आबद्ध भएका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइनबापतका बक्यौता उठाइन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।
दुई अधिकृतविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
कपिलवस्तुको यशोधरा गाउँपालिकामा सि.अ.न.मी. (अधिकृत छैठौं) कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप लागेको छ ।
प्रतिनिधि सभा बैठक : सडक मर्मत सम्भार कोष स्थापना गर्न माग
सांसदहरुले तीनै तहको सरकारको समन्वय र सहकार्यमा वर्षात् अगावै राजमार्ग एवम् स्थानीय सडक मर्मत गर्न सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले वर्षात्का समयमा विशेषगरी ग्रामीण क्षेत्रका सडकमा यात्रा गर्न जोखिम हुने तर्फ सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ ।