• ११ पुस २०८१, बिहिबार

दक्षिण कोरिया र नेपालको सम्बन्ध थप बलियो बनाउनु पर्छ : मन्त्री शाही

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वन तथा बातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी । तस्बिर : वन तथा बातावरण मन्त्रीको निजी सचिवायल

काठमाडौँ, भदौ ६ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दक्षिण कोरिया र नेपालको साझेदारी सम्बन्ध थप बलियो बनाउनु पर्ने बताउनुभएको छ । 

बिहीबार कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको विशेष अवसरमा आयोजित कार्यक्रममा वन मन्त्री शाहीले कोरिया र नेपालबिचको दीर्घकालीन मित्रता र साझेदारीलाई अझ मजबुत बनाउनु पर्ने बताउनुभएको हो । 

‘‘कोरियाली राजदूत र मेरोबिच बन तथा वातावरण मन्त्रालयमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा भएको महत्त्वपूर्ण छलफलको स्मरण गर्न चाहन्छु । जलवायु परिवर्तन जस्तो विश्वव्यापी चुनौतीको सामना गर्न कोरिया र नेपाल सरकारीको सहकार्य र समझदारी आवश्यक छ,’’ मन्त्री शाहीले भन्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘जलवायु परिवर्तनले विश्वमै असर परेकोले नेपाल जस्तो पहाडी भूभागले भरिएको देश अत्यधिक प्रभावित बनेको र यो चुनौती सामना गर्न दीर्घकालीन समाधान खोज्न कोरियाले अवसर प्रदान गरोस् भन्न चाहन्छु ।’’

मन्त्री शाहीले कोरिया उन्नत प्रविधि नवीनतम सोच र उच्च आर्थिक वृद्धिको प्रतिबिम्ब भएकोले जलवायु परिवर्तनका विभिन्न पक्षमा योगदान पुर्‍याउनको पनि बताउनुभयो । कोरिया सरकारले विकास गरेका प्रविधि, नीतिहरू र वातावरणीय व्यवस्थापनका अभ्यासले नेपाललाई बहुमूल्य सहयोग पुगेको मन्त्रीको भनाई छ । 

मन्त्री शाहीले कोरियाली पर्यटकका लागि नेपाल सुन्दर र आकर्षण गन्तव्य भएकोले दुई देशबिच पर्यटन आदानप्रदान गर्न सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले ५०औँ वर्षगाँठको अवसरले कोरिया र नेपालबिचको सहयोगले दुवै देशलाई दीर्घकालीन लाभ पुग्ने बताउनुभयो ।