• २५ जेठ २०८२, आइतबार

६० लाख बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

blog

पक्राउ परेका पहाडी र जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, जेठ २४ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले बैंकिङ कसुर मुद्दामा ६० लाख रूपियाँभन्दा बढी जरिवाना तोकिएका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

प्रहरीले फरार प्रतिवादीलाई खोजी खोजी पक्राउ गर्ने अभियान शुरु गरेपछि वर्षौदेखि फरार रहेका प्रतिवादीहरु प्नि पक्राउ परिरहेका छन् । 

सोही क्रममा जिल्ला अदालत बाँकेले ६० लाख रुपियाँ जरिवाना गरेपनि फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय गोविन्द प्रसाद पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताउनुभयो । 

उहाँका अनुसार बैंकिङ कसुर र चेक अनादर मुद्दामा पहाडीलाई जिल्ला अदालत बाँकेले ६० लाख एक हजार १०० रूपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीले अदालतले पहिलो पटक २०७९ भदौ २८ गते, दोस्रो पटक २०८१ असार २० गते र तेस्रो पटक २०८१ माघ २८ गते पहाडीलाई उक्त फैसला सुनाएको जनाएको छ । तर, पहाडी भने पहिलो पटक अदालतले जरिवानाको फैसला सुनाएदेखि नै फरार रहेका थिए ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले धेरैजना फरार प्रतिवादीलाई पक्राउ गरेर कारागार पठाएको तथा जरिवाना समेत असुल गराएको छ भने सो क्रममा ३० देखि ३५ वर्ष अघिबाट फरार रहेका प्रतिवादीलाई पनि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।