काठमाडौँ, भदौ ६ गते । नेकपा (माओवादी केन्द्र) मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
बागमती प्रदेशको बैठक बिहीबार सम्पन्न हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय साउन २५, २६, २७, २८, ३० र ३१ गते बसेको स्थायी समिति बैठकले गरेको थियो ।