• २ माघ २०८१, बुधबार

हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो

blog

बोक्सीखोलामा खसेको हिमपहिरो । तस्बिर : कुमार अनुरागी

ठाकुरप्रसाद आचार्य
म्याग्दी, भदौ ७ गते ।
मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङ गाउँको शिरबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सीखोला बग्न थालेको छ ।

शुक्रबार दिउँसो धबलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो ।

हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो ।

हिमपहिरोका कारण थुनिएको बोक्सीखोला अहिले विस्तारै बग्न थालेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कोबाङ गाउँको माथि शिरमा रहेको धबलागिरी आइसफल नजिकबाट खसेको हिमपहिरोका कारण थुनिएको बोक्सी खोला विस्तारै बग्न थालेको छ । खोला बग्न थालेका कारण कुनै ठूलो जोखिम देखिएको छैन ।’’

जोखिम नभए पनि बोक्सीखोलाका तटीय वस्तीमा सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस

मुस्ताङमा हिमपहिरो : ९ घर जोखिममा

मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला