• ११ मंसिर २०८१, मङ्गलबार

फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गरिँदै

blog

स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालनमा ल्याउँदै फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने भएको छ । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, भदौ ८ गते । सुनसरीको इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउन फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने भएको छ । इनरुवा नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न इनरुवा वडा नं. ८ मा रहेको स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालनमा ल्याउँदै फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ ।

इनरुवा नगर प्रमुख केदार भण्डारीका अनुसार नगर क्षेत्रमा समस्याको रूपमा रहे फोहोरलाई स्रोतमै वर्गीकरण गरी कुहिने बस्तुबाट मल बनाउने गरी स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालनमा ल्याएको हो ।

फोहोरलाई वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गर्ने गरी काम सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । नगरप्रमुख भण्डारीले स्रोत पुनः प्राप्ति केन्द्र सञ्चालन गरिएकाले यस कार्यलाई सफल बनाउन सबै नागरिकहरूलाई फोहोरलाई घरघरमै वर्गीकरण गरी छुट्टाछुट्टै व्यवस्थापन गरी सहयोग गरी दिन हुन अनुरोध गर्नुभएको छ ।