• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ बस दुर्घटना : मृतकको शव परीक्षण सुरु

blog

ऐन पहरामा दुर्घटना भएको बस ।

अमरराज नहर्की

तनहुँ, भदौ ८ गते । भारतीय पर्यटक चढेको बस पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका –२ ऐनापहरा शुक्रबार बिहान ११ः३० बजेको दुर्घटनाका परी ज्यान गुमाएको शव परीक्षण सुरु गरिएको छ । 

चितवनको भरतपुरस्थित भरतपुर अस्पतालमा बिहान ८ बजेबाट शव परीक्षण सुरु गरिएको प्रहरीले जनाएको छ । शवलाई भारत लैजान सहज हुने भएकाले भारतीय दूतावाससँग समन्वय गरी शव परीक्षणका लागि भरतपुर लगिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । 

गौतमले भन्नुभयो, ‘भरतपुर अस्पतालमा शव परीक्षणका लागि राति १ः१५ बजे सबै शव लगिएको छ ।’ पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो । 

त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा १६ यात्रु घाइते भएका थिए । घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगेर उपचार भइरहेको छ । 

दुई बसमा गरी ९५ जना भारतीय पर्यटक यात्रा गरेकामध्ये एक बस दुर्घटनामा परेको प्रजिअ गौतमले जानकारी दिनुभयो । अरू सवारीमा सवार आफन्तहरूको सहयोगमा शव पहिचान गरिएको प्रहरीले जनाएको छ ।