• ९ भदौ २०८१, आइतबार

करेन्ट लागेर बालकको मृत्यु

blog

राधा लुइटेल 

फिदिम, भदौ ९ गते । फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट तादी गाउँपालिका घर भई हाल फिदिम –२ मा भाडामा बसोबास गर्दै आउनुभएका युवराज पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताउनुभयो ।

शनिबार साँझ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा पाण्डेको मृत्यु भएको र अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।