• ९ भदौ २०८१, आइतबार

तनहुँ बस दुर्घटना : सबै शव भारत पठाइयो

blog

शव लिन चितवन आएको भारतीय सेनाको विशेष विमान । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, भदौ ८ गते । 
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ । 

दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार दिउँसो चितवन आएको हो ।  बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको चितवन प्रहरीले जनाएको छ ।