• ११ पुस २०८१, बिहिबार

सुन्दरताको खानी (कविता)

blog

हिमाल पहाड तराई नेपालको भूमि 

स्वर्ग तुल्य बन्छ मानवको यहाँ जुनी 

भाषा भेष जात संस्कृतिमा विविधता

बनेको छ विशेष पहिचान अनि एकता ।


चाडपर्व उत्सव मेला बिछट्टै छ राम्रो 

रमाउने र रम्ने गर्छन् आपसमा हाम्रो

मित्रता सद्भाव एकता हो पहिचान 

अनेकतामा एकता हो फेरी हाम्रो सान । 


प्रकृतिको सुन्दरता स्वर्ग नै छ यहाँ 

नेपालमा जस्तो सद्भाव छ अन्त कहाँ

दाजुभाइ दिदीबहिनी मिली बस्छन् राम्रो 

बैनी आँखा लगाए एक जुट हुन्छन् हाम्रो ।

   

Author

सुदर्शन अधिकारी