• १२ पुस २०८१, शुक्रबार

सरकारले उद्योगका लागि सस्तोमा विद्युत् उपलब्ध गराउनुपर्छः अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौँ, भदौ ७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले सस्तोमा विद्युत् उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल उद्योग व्यवसायी महासङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाको रुपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले पनि मुलुकका आर्थिक गतिविधिलाई अघि बढाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउनुपर्छ । ह्वील चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनुपर्दछ । बजेटका त्यसको केही कुरा आए पनि त्यो इम्पिलिमेन्ट हुन सकेको छैन । कच्चा पदार्थ र अन्तिम वस्तुको उत्पादन वैज्ञानिक बनाई यसमा सहुलियत दिनुपर्दछ भन्ने कुरा पनि म राख्न चाहन्छु । साना तथा मझौला उद्योग सुरुदेखि नै संवेदनशील हुन्छ सरकार र अन्य सक्षम निकायको सहयोग चाहिन्छ ।’’

अध्यक्ष ढकालले कब्जा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।