• ६ भदौ २०८१, बिहिबार

बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ

blog

बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराउँदै नियुक्तिपत्र दिँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा। तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ ६ गते।  बागमती प्रदेशको मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता काफ्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। 

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, प्रदेशका मन्त्री, पाटन उच्च अदालत हेटौँडाका न्यायाधीश, जिल्ला अदालत मकवानपुरका न्यायाधीशलगायतका उपस्थिति रहेको थियो। 

मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा आइतबार प्रदेश प्रमुख देवकोटाले नियुक्त गर्नुभएको थियो।